दफा २३
बोर्ड विघटन गर्ने नेपाल सरकारको अधिकार
(१) बोर्डको काम सुचारुरूपले चलेको छैन
वा बोर्डले समितिको उद्देश्यको बर्खिलाप काम गरेकोछ वा यस ऐन बमोजिम नेपाल
सरकारले दिएका निर्देशहरू बराबर उल्लंघन गरेकोछ भन्ने नेपाल सरकारलाई लागेमा सो
बोर्डलाई विघटन गर्ने गरी आदेश दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम बोर्ड बिघटन भएपछि दफा ८ बमोजिम अर्को बोर्ड गठन
हुनेछ ।
(३) उपदफा (१) बमोजिम बोर्ड विघटन भएपछि उपदफा (२) बमोजिम अर्को बोर्ड
गठन नहुञ्जेलसम्म बोर्डले गर्नुपर्ने कारवाई गर्न नेपाल सरकारले एक वा एक भन्दा बढी
व्यक्तिलाई पनि लगाउन सक्नेछ ।
(४) उपदफा (१) बमोजिम निकालिएको आदेश अन्तिम हुनेछ ।